logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित, उपत्यकामा मात्र ३४८ जना


अंकुरण खबर
1.378K
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा ९ सय जना कोरोना संक्रमित थपिएका छन् ।

६ हजार १ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ सय ३६ पिसिआर र ६४ जना एन्टीजेन परीक्षणमा गरी ९ सय जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ । जसमध्ये ५ हजार ८ जना आइसोलेसनमा छन् ।

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ३५ हजार ८४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २८६ जना, ललितपुरका ४३ जना र भक्तपुरका १९ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार २०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।