logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनुवाइ समितिबाट चुडाल र सुवेदीको नाम सर्वसम्मत अनुमोदन


अंकुरण खबर
1.235K
Shares

संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिको सचिवालय सिंहदरबारमा भएको सुनवाइपछि दुबै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सुनुवाइका क्रममा सांसदहरुले सर्वोच्च अदालतको न्यायाधीश भएपछिका कार्ययोजनाहरु सुनेका थिए भने विभिन्न प्रश्नहरु गरेका थिए।

न्यायपरिषद्बाट प्रस्तावित दुबै न्यायाधीशले सांसदहरुका प्रश्नको जवाफ दिएपछि दुबै जना सर्वसम्मतिले सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन भएका हुन्।