logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले जिते विश्वासको मत


अंकुरण खबर
1.443K
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाएका हुन् । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए । मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले मत दिएका थिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीको दलसँग प्रदेशमा १३ सिट थियो, त्यसमध्ये पनि सांसद् धर्मराज रेग्मीले पद त्याग गरेर एमालेमा प्रवेश गरेपछि १२ सिटमा खुम्चिएको छ ।

आफ्नो पार्टीको १२, नेपाली कांग्रेसको ६ र एमालेको नेपाल पक्षीय ४ सांसद्को मतका कारण मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।