logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु


अंकुरण खबर
2.405K
Shares

अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

आज सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प.८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भई हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको भक्तपुर प्रहरी प्रमुख तारा थापाले बताईन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।