मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।
महाशाखाका अनुसार पहाडी र तराइका केही भूभागमा हावाहुरी मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ ।