logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिसिएमसीको बैठक बस्दै


अंकुरण खबर
949
Shares

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ ।

शनिबार सिंहदबारमा बस्न लागेको बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।

यस्तै बैठकमा शिक्षण संस्था बन्द गर्ने नगर्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

पछिल्लो समय संक्रमणको उच्च जोखिममा बालबालिका रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकालगायतका १४ जिल्लामा विद्यार्थीहरुलाई विद्यालय नजान अपिल गरेको थियो । तर, सरकारले भने शैक्षिक संस्था बन्द गर्नेबारे कुनै निर्णय गरेको छैन