पछिल्लो समय कोरोना संक्रमण दर उच्च रहेकाले कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार बसेको सीसीएमसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड १९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल गर्दै पछिल्लो समय विद्यार्थीहरुमा कोरोना संक्रमणदर बढेकाले यस्तो निष्कर्ष निकालेको हो ।
त्यस्तै जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालन के कसरी गर्ने भन्ने बिषयमा छलफल भए पनि यसको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्ने छ ।