logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाउन्ने बस दुर्घटनामा घाइते भएका तीनको मृत्यु


अंकुरण खबर
845
Shares

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको दाउन्नेमा हिजो साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलामका २५ वर्षिया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षिया छमो ग्याल्मो र चितवन भरतपुरका ७२ वर्षिय हिमलाल न्यौपाने छन् ।

अरु घाइतेहरुको भरतपुर र नवलपुरका अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्नेमा बस अनियन्त्रीत भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।

बसमा सवार सबै घाइते भएका छन् । बस भिरमा खसेकाले उद्धारमा कठिनाइ भएको थियो ।