नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेरबारे छलफल गर्न बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
यसअघि चैत्र ३० गते बस्ने तय भएको बैठक नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठनमा समायोजनको कार्यतालिका परिवर्तन गर्ने तयारी छ ।
पार्टी पदाधिकारीको २९ चैतमा बसेको अनौपचारिक बैठकमा त्यो सहमति बनिसकेको छ । त्यस्तै बैठकमा मुलुकको समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।