logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बादललाई पुनः गृहमन्त्री बनाइँदै, आजै सपथ ग्रहण


अंकुरण खबर
1.612K
Shares

सांसद पद खारेज भएसँगै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा (बादल) पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् ।

सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने प्रावधानअनुसार पुनः गृहमन्त्रीमा नियुक्त हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

एमाले नेताको हैसियतलमा बादलले आज साँझ ५ बजे राष्ट्रिपति भवनमा सपथग्रहण गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।

संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।