logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका नवनियुक्त तीन मन्त्रीहरुको सपथ आज


अंकुरण खबर
1.573K
Shares

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरुको सपथ तथा पदभार ग्रहण आज हुँदैछ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार टिकाउन भूमिका खेलेका नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहका तिन जनालाई हिजो मन्त्री नियुक्त गरिएको थियो । उनीहरुलाई आज शपथ गराउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले हिजो नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

उनीहरु तिनै जनाले प्रदेश सभामा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।

एमालेका अर्का सांसद प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएका थिए । ज्वालालाई भने मन्त्री बनाईएको छैन ।

एमालेको प्रदेश कमिटिले उहाँहरु चारै जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरिसकेको छ ।