वैशाख ७ गते मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।
चैते दसैंको अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले सार्वजनिक सूचना जारी गर्दै प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने जनाएका छन् ।
नेपाल सरकारले देशभर सार्वजनिक बिदा नदिए पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।
