कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१० की ५१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
ती महिलाको उपचारको क्रममा आइतबार दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको हो । शनिबार ती महिलाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गएराति साढे ८ बजे उपचारको लागि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।