नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सोमबार बस्ने भएको छ ।
बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक, राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने बताइएको छ ।