logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका विद्यालय १० दिन बन्द गर्न स्थानीय तहलाई आग्रह


अंकुरण खबर
1.417K
Shares

जिल्ला कोभिड संकट व्यवस्थापन समिति कैलालीले कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्लाभरका विद्यालय १० दिन बन्द गराउन स्थानीय तहलाई आग्रह गरेको छ।

स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा आइतवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयले समेत कैलालीलाई कोरोना भाइरसको उच्च जोखिममा रहेका जिल्लाहरूको सूचीमा राखेको छ। त्यसैले विद्यालय बन्द गराउन सक्ने अधिकार समितिसँग नभएकाले स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको जोशीले बताए। कोरोनाको अवस्थालाई हेरेर आउँदो १० दिन पछि सबै विद्यार्थीहरूको परीक्षा गर्न सकिने समितिले जनाएको छ।

पछिल्लो समय कैलालीमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा उकालो लागेको छ। चैत ११ गतेसम्म परीक्षणको ३ प्रतिशतमा पुष्टि भएको कोरोना अहिले औसतमा ३० प्रतिशत हाराहारीमा पुष्टि भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

भारतबाट मानिसहरु आइरहेकाले अहिले समुदायमा समेत बाक्लो रूपमा कोरोना पुष्टि भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।