logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

१० दिन लामो भारत भ्रमण सकेर पूर्वराजा नेपाल फिर्ता


अंकुरण खबर
1.872K
Shares

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह केही बेरअघि स्वदेश फर्किएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो । विमानस्थलको भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा लगाएका थिए ।

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । त्यस्तै विमानस्थल परिसरभित्रै पञ्चेवाजासमेत घन्काइएको छ ।

विमानस्थलको बाहिरी गेटमा पनि समर्थकहरू जम्मा भएका थिए । धेरैको हातमा राष्ट्रिय झण्डा बोकेका थिए ।

उनी चैत २६ गते हरिद्वारा गएका थिए । पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा, हेलिकप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका  शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्दै हिन्दूहरुको एकतामा जोड दिएका थिए ।