logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँ : सभामुख सापकोटा


अंकुरण खबर
832
Shares

सभामुख अग्नि सापकोटाले आफू कसैको दबाब र प्रभावमा नपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघका नयाँ नेतृत्वको पदभार ग्रहण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफूले अहिलेसम्म पनि आफ्नो विवेक प्रयोग गरेर काम गरेको र अब पनि कसैको प्रभाव र दबाबमा नपर्ने बताएका हुन्।

सापकोटोले सभामुखको हैसियतमा आफ्ना केही निहित अधिकारहरु रहेको र ती पनि आवश्यकताअनुसार प्रयोग गर्ने बताउँदै कुनै पनि कार्यका लागि कसैको दबाबमा नपर्ने बताए। उनले भने, ‘मलाई कसले के भन्छ त्यसको मतलब छैन, म आफ्नो बाटो हिँड्ने हो, म लुरुलुरु आफ्नै काम गर्छु, आफ्नै विवेकले काम गर्छु। मलाई कुनै डर, त्रास र मोह छैन।’

उनले भने, ‘मेले देशलाई सर्वोपरी ठानेर काम गर्छु, अन्जानमा कुनै गल्ती भए पनि होलान्, तर जानीजानी कुनै गल्ती गरेको छैन र गर्ने छैन।’ सापकोटाले आफ्नो विवेक प्रयोग गर्ने कुरामा जोखिम भए पनि त्यो उठाउन कुनै समस्या नरहेको बताए।

‘संसदलाई चलायमान बनाउन संविधानअनुसार अगाडि बढ्न सुरु भएपछि संसदमाथि घेराबन्दी हुन थाल्यो। अहिले पनि भइरहेको छ। केही व्यक्तिले धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ तर, सधै सकिँदैन’, उनले भने।

पछिल्लो समय संसदको कार्यसूचीमा अमेरिकी मिलिनियम च्यालेन्ज परियोजना नपारेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको आलोचना गर्दै आएका छन्।