कोरोनाको संक्रमण बढेकाले सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने निर्णय गरेको हो । केही समयका लागि भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्ने, गराउने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।