सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । तर, बैठकमा एमालेका बरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सहभागिता नजनाउने केन्द्रिय सदस्य ठाकुर गैरेले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
ओलीले पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेभित्रको खनाल-नेपाल समूह असन्तुष्ट हुँदै समानान्तर गतिविधि गर्दै आएको छ । समानान्तर कमिटीसमेत गठन गरिरहेको खनाल-नेपालका चार शीर्ष नेतालाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।