logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना


अंकुरण खबर
767
Shares

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षा हुन भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने छ।

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । हिजो अस्तिजस्तो आज ठूलो पानी नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको मात्रै सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।