logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य


अंकुरण खबर
1.82K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिष २०७८ वैशाख  ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु,’ राष्ट्रपति कार्यालयले जारि गरेको विज्ञप्तिमा भनिएको छ।

आज मन्त्रिपरिषद्को बिहान बसेको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो।