नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादीले जनाएको छ ।
माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने अनुमान गरिएको थियो ।
बैठक स्थगित हुनुको कारण स्पष्ट छैन । यद्यपि नेताहरुको कार्यव्यस्तताका कारण बैठक भोलिलाई सारिएको माओवादीका एक स्थायी समिति सदस्यले जानकारी दिए ।