कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राति १० बजेदेखि लागु हुने गरी अर्को सोमबार बिहान ५ बजेसम्मका लागि लकडाउन घोषणा गरेका हुन्।
मुख्यमन्त्री केजरीवालले लकडाउनमा गरिबहरुमाथि कठिन अवस्था आउन सक्ने भएकाले दिल्ली नछाड्न आग्रह गरेका छन्। उनका अनुसार नयाँ दिल्लीमा पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताए।
उनले लकडाउन घोषणा गर्नेबित्तिकै कोरोना खत्तम नहुने तर संक्रमण तीव्रतामा आउने आफ्नो मान्यता बताएका छन्। उनले एक हप्ताका बीचमा संक्रमितका लागि शैया, औषधि र अक्सिजनको व्यवस्था गर्ने विश्वास दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परीक्षा दिने विद्यार्थीहका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ । त्यस्तै टिकट देखाएर रेलवे स्टेसन र एयरपोर्टमा आवतजावतका लागि छुट दिने बताइएको छ ।