logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद अधिवेशन अन्त्यका लागि कुनै छलफल भएको छैन : सभामुख सापकोटा


अंकुरण खबर
819
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्यका लागि आफूसँग कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्रीले केपी ओलीले आफूसँग कुनै परामर्श नै नगरेको बताएका हुन्।

मंगलबारका लागि प्रतिनिधिसभा  बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद अधिवेशन अन्त्य गरेकी हुन्।