logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा बेइमानी गरेर माधव नेपालले अक्षम्य अपराध गरे : ओली


अंकुरण खबर
767
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा बेइमानी गरेर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन् ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले नेपालको चर्को आलोचना गरे ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको पनि आलोचना गरे । भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग हुँदै नभएको कुरा भएको भनेर प्रचण्डले बकवास गरेको आरोप उनले लगाए ।

आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक अहिले जारी छ । बैठकमा एमालेका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरु भने सहभागी छैनन् ।

अध्यक्ष ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बसेको हो ।

ओलीले महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेभित्रको खनाल-नेपाल समूह असन्तुष्ट हुँदै समानान्तर गतिविधि गर्दै आएको छ । समानान्तर कमिटीसमेत गठन गरिरहेको खनाल-नेपालका चार शीर्ष नेतालाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।