नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो दिन आज (सोमबार) भारी अंकको गिरावट आएको छ ।
आज नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको छ भने ६ अर्ब ७५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
नेप्से घट्दा पनि २ कम्पनीको सेयर मूल्य आज सर्वाधिक वृद्धि भएको छ । ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको सेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबारका हिसाबले आज सबैभन्दा धेरै किनबेच नागरिक लगानी कोषको भएको छ ।