रुकुमपश्चिममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
एक साताअघि भारतबाट नेपाल फर्किएकी उनको सोमबार बिहान मृत्यु भएको हो ।
मृत्यु हुने मुसिकोट नगरपालिका-७ की ४० वर्षीया महिला हुन् । उपचारका क्रममा उनको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
‘कोरोना पुष्टि भएपनि हिजो (आइतबार) सम्म अवस्था सामान्य थियो । आइसोलेसन उपचार गरेका थियौँ,’ स्वास्थ्य कार्यालय रुकुमका कोरोना फोकल पर्सन ईश्वर रावलले भने, ‘बिहान एक्कासी गम्भीर समस्या देखियो, रिफर गर्ने तयारी गर्दागर्दै मृत्यु भयो।’
पछिल्ला दिनमा रुकुमपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।