logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली घटना : नेपाल समूहलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी


अंकुरण खबर
3.081K
Shares

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल सहितका २० नेतामाथि थप कारवाही अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा एमालेका सांसदले फ्लोर क्रस गरेर भोट दिएका थिए ।

सो पक्ररणमा नेपाल पक्षका नेताहरुलाई थप स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने निर्णय आज को बैठकले गरेको हो ।

नेता नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको उनले बताए । ‘अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ,’ ओलीले बैठकमा भने ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसपछि बिच्किएका ओलीले नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पाउमा एमाले चढाउन खोजेको र कांग्रेसलगायत गैरकम्युनिस्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्न थालेको आरोपसमेत लगाए ।

प्रचण्ड र नेपाल दुवैलाईलाई जनताले धूलो चटाउने दाबी ओलीको थियो ।