गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन बोलाएका छन् ।
२८ जना प्रदेशसभा सदस्यले विशेष अधिवेशन बोलाउन लिखित अनुरोध गरेपछि विशेष अधिवेशन बोलाइएको हो ।
वैशाख १३ गते सोमबार दिउँसो २ बजेदेखि प्रारम्भ हुने गरी अधिवेशन बोलाइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।