logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा मास्क नलगाउने ४४२ जनालाई जरिवाना


अंकुरण खबर
2.171K
Shares

पर्सामा मास्क नलगाएर हिड्ने ४ सय ४२ जनालाई कारबाही गरिएको छ।

गत चैत २९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साले गरेको निर्णय अनुसार नियम उलंघन गर्ने ४ सय ४२ जना बाट जरिवाना स्वरुप एक सय रुपयाँ असुल गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रहलाद कार्कीका अनुसार मंगलबार विहानदेखि विभिन्न सार्वजनिक स्थानमा मास्क नलगाई हिड्ने ४ सय ४२ जनाबाट एक सयका दरले ४१ हजार २ सय रुपैयाँ राजश्व संकलन गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको अर्को आदेश नआउन्जेलसम्म अहिलेकै निर्णय कायम राखिने प्रवक्ता कार्कीले बताए।