logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज घट्यो सुनको मूल्य


अंकुरण खबर
3.432K
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो सोमबार छापावाला सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।