logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा ६ जना कोभिड संक्रमितको मृत्यु


अंकुरण खबर
754
Shares

रुपन्देहीमा ६ जना कोभिड संक्रमितको मृत्यु भएको छ ।

भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र  बुटवल १३ की ७९ वर्षीय महिलाको मृत्यु भएको छ । यस्तै भैरहवामा उपचाररत ४ जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षीय, झिमरुक प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८  वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेको युसिएमएस मेडिकलका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत छन ।