logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते


अंकुरण खबर
3.887K
Shares

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गएको छ भने आमा घाइते भएकी छन् ।

राप्ती गाउँपालिका–५ कालापानीमा गए राति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो ।

आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।