logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा झिनो अंकको वृद्धि


अंकुरण खबर
793
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार)सामान्य अंकले बढेको छ ।

आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको हो ।

आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्य सबै समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

आज महिला लघुवित्त वित्तिय संस्था, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्इ सर्वाधिक १० प्रतिशतले बढेको छ ।

समृद्धि फाइनान्स, ओरियन्टल होटल लगायत केहि कम्पनीको सेयर मूल्यमा गिरावट आयो। कारोबारका हिसाबले आज सबैभन्दा धेरै नागरिक लगानीकोषको सेयर किनबेच भएको छ ।