logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुशल र दीपेन्द्रको अर्धशतकमा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य


अंकुरण खबर
1.261K
Shares

ओपनर कुलश भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको विशाल लक्ष्य दिएको छ।

यो नेपाललेका टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर हो।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०६ रन बनायो। नेपलाका लागि कुशलले कीर्तिमानी इनिङ खेल्दै सर्वाधिक ६२ रन बनाए भने दीपेन्द्रले ६० रन बनाए।

त्रिकोणात्मक टि–२० सिरिज मार्फत् नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले लागतार तेस्रो खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कुशलले १३औं ओभरका अन्तिम बलमा छक्का प्रहार गर्दै कुशलले अर्धशतक प्रहार गरे । उनले लगातार तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

कुशल नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएर आउट भए। उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे। असघि कुशलले उद्घाटन खेलमा नेदरल्यान्ड्विरुद्ध ६४ र मलेसियाविरुद्ध ६२ रन बनाएका छ।

यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्ध आक्रमक इनिङ गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाएर आउट भए। त्रिकोणात्मक सिरिजमा नेपालको चौथो अर्धशतक हो।

यस्तै, सोमपाल कामीले १३ बलमा ३१, कप्तान ज्ञानेन्द्र मल्ले १४ बलमा २० र कुशल मल्ले ७ बलमा १८ रन बनाए । नेदरल्यान्ड्सका भिविन किंगम र पिटर सिलारले समान २ विकेट लिए।