नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपछि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि खनाल-नेपाल पक्षले सांसदहरुको बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।