logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आएको बिरामीलाई उपचारको सुनिश्चिता गरेर मात्रै पठाउन अस्पताललाई निर्देशन


अंकुरण खबर
1.807K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल आउने बिरामीलाई अन्य अस्पताल रिफर गर्दा उपचारको सुनिश्चिता गरेर मात्रै पठाउन निर्देशन गरेको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणका घटना बढेपछि केहि अस्पतालले बिरामीलाई फर्काउने गरेको गुनासो उत्पन्न भइरहेका बेला मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

उपचारको सुनिश्चितता गरेर मात्रै बिरामीलाई अन्य अस्पतालमा रिफर गर्न अस्पतालहरुलाई निर्देशन दिइएको छ।

मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै पठाउन हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ।’