logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनस्वास्थ्यका मापदण्डमा हेलचेक्र्याइँ गरे लकडाउन : स्वास्थ्यमन्त्री


अंकुरण खबर
1.183K
Shares

जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याँइ गरे सरकारले कठोर कदम उठाउने चेतावनी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका छन्।

मन्त्रालयले आज मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले आम मानिसले आफ्नो कर्तव्यबाट टाढा भएर जनस्वास्थ्यको मापदण्डविपरीत काम गरे सरकार लकडाउनको अवस्थामा पुग्ने बताए।

उनले महामारीको यो लहरलाई हलुका ढंगले नलिन पनि आग्रह गरेका छन्। मन्त्री त्रिपाठीले भने, ‘हामी भरसक नेपाललाई बन्दाबन्दीको अवस्थामा पुर्याउँदैनौं, तर हामीले हेलचेक्र्याइँ गरे कठोर कदम उठाउन बाध्य हुनेछौं, जुन सरकारको इच्छा होइन।’

संक्रमणको दर बढ्दै गएकाले स्थिति गम्भीर हुनेतर्फ अगाडि बढेको भन्दै मन्त्री त्रिपाठीले महामारीलाई परास्त गर्नका लागि सहयोग गर्न आग्रह गरे।