logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड नगर्न आग्रह


अंकुरण खबर
2.093K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा विदाईका नाममा अनावश्यक भीड नगर्न आग्रह गरेको छ ।

कार्यालयले आज (मंगलवार) ६ बुँदे सार्वजनिक अनुरोध प्रकाशित गर्दै कोरोना संक्रमणको दर बढ्दै गएकाले विमानस्थल हाताभित्र विदाईलाई निरुत्साहित पारेको जनाएको हो ।

विमानस्थल अत्यावश्यक अवस्थामा बाहेक प्रवेश नगरी सहयोग गर्न अपिल समेत गरेको छ ।

त्यस्तै विमानस्थलमा प्रवेश गर्दा मास्कलगायत स्यानिटाइजरको प्रयोग, तापक्रम नापेर मात्र टर्मिनलमा प्रवेश गर्न र लाइन बस्दा सांकेतिक पाइला पच्छ्याउन आग्रह गरेको छ ।