नेपालमा दिनदिनै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार २५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ८०६ पगेको छ ।
गत २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।