कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो। सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको छ ।
प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरेको छ।
तोकेको स्वास्थ्य मापदण्डको पालना नगरे संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ।


