logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम बदली‚ पानी पर्ने सम्भावना


अंकुरण खबर
897
Shares

आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको  हो । मंगलबारदेखि अरब सागरबाट भित्रिएको वायुको असर कम्तीमा तीन दिन देखा पर्नेछ ।

केही दिन कम भएको तुवाँलो पुनः लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो स्थानको बिहानैदेखि मौसम बदली भएको छ ।

यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै काठमाडौं उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ ।