logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डोटीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला


अंकुरण खबर
2.015K
Shares

डोटीको दिपायल सिलगढी नगरपालिका-७ तथा पूर्वीचौकी गाउँपालिका-१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको शव गए राति फेला परेको हो ।

महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ । घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।