आफुपक्ष नेताहरुलाई एकोहोरो आरोप लगाई पार्टी संसदीय दलले स्पष्टीकरण पत्र काटि पार्टी फुटाउन लागेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
स्रोतका अनुसार पार्टी संसदीय दलले मनोमानी ढंगले खनाल–नेपालपक्षका सांसदहरूलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण सोधेपछि अदालत जान लागेको एक सांसद्ले जानकारी दिए । उनीहरुले बिनाकारण आफुहरुलाई स्पष्टीकरण सोधेको भन्दै कानुनविदहरुसंग छलफल गरि कानुन व्यवसायीमार्फत् (उत्प्रेषणसम्बन्धी) मुद्दा दर्ता गर्न लागेको जानए ।
नेता नेपालसहित चारजनालाई दुई दिनभित्र र झलनाथ खनालसहित २३ सांसदलाई तीन दिनभित्र जवाफ दिनु भन्दै सोधिएको स्पष्टिकरणको जवाफ नेपाल–खनाल पक्षले दिने भएका छन् ।