logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चका दुई नवनियुक्त न्यायाधीशहरूले लिए सपथ


अंकुरण खबर
741
Shares

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीश सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा सपथ लिएका छन् ।

न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको सपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर‚ यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिनाप्रधानन्यायाधीश जबराले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।