सर्वोच्च अदालतले स्टिङ अपरेशन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश गरेको छ ।
अख्यितारले यस्तो अपरेशन सरकारी कार्यालयहरुमा घुस सहित कर्मचारीलाई पक्राउ गर्न गर्दै आएको थियो । आफ्नो नियमावली अनुसार गर्दै आइरहेको उसले बताउने गरेको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश जारी गरेको हो ।
स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गर्दै निवेदन दिएका थिए ।