logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाखभर मनकामना मन्दिर बन्द


अंकुरण खबर
1.43K
Shares

गोरखाको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पुजा बन्द गरिने भएको छ ।

कोरोना संक्रमण जोखिम बढेसँगै मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको हो ।

मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए ।