logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको दोस्रो लहर डरलाग्दो, एकै दिन थपिए २३ सय बढी संक्रमित


अंकुरण खबर
1.989K
Shares

पछिल्लो २४ घन्टामा थप २३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको  छ ।

८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।

पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट १ सय ३१ जनागरी २३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार १० हजार ५८२ जना कोरोनाका सक्रिय संक्रमित छन् । हाल ८६ जना क्वारेन्टाइनमा छन् ।

यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन्। बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन्।

कोरोना संक्रमित मध्ये काठमाडौं उपत्याकामा मात्रै १ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी १ हजार ५१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।