logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना बढेपछि विद्युतीय माध्यमको प्रयोगमा जोड दिन बोर्डको आग्रह


अंकुरण खबर
1.326K
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सम्पुर्ण धितोपत्र व्यवसायीहरुलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

कोरोना भाइरसको दोस्रो लहर फैलिदै गइरहेको आवस्थामा बोर्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सुरक्षित तवरले सेवा प्रवाह गर्न अनुरोध गरेको हो।

बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न, सरकाले तोकेको जनस्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

यस्तै कार्यालय हाता भित्र २५ जना भन्दा बढी नहुने गरी सेवाग्राहीबीचको दुई दुई मिटरको भौतिक दुरी कायम गर्न, सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गर्दा भच्र्युअल माध्यमबाट गर्न पनि बोर्डले निर्देशन दिएको छ।