logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पष्टीकरण सोधिएका योगेश भट्टराईले प्रधानमन्त्रीलाई भेटे


अंकुरण खबर
1.651K
Shares

एमाले सचिव योगेश भट्टराईले आज (बुधबार) बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

ओलीले मंगलबार एमाले वष्ठि नेता माधव नेपाल समूहका ३२ नेतालाई स्पष्टीकरण सोधेका थिए । जसमा नेता योगेश भट्टराई पनि पर्छन्। स्पष्टीकरण सोधिएकै भोलिपल्ट उनले अध्यक्ष ओलीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटका क्रममा के विषयमा छलफल भयो भन्नेबारे भने केही सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेलगत्तै सामूहिक राजीनामा दिनेमा नेता भट्टराई पनि थिए । उनी त्यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा थिए ।

नेपाल समूहको मंगलबार बसेको बैठकले ओलीले व्यक्तिगत रुपमा सोधिएको स्पष्टीकरणको जवाफ व्यक्तिगत रुपमै फर्काउने निर्णय गरेको थियो ।